arrow

प्रधानमन्त्री देउवालाई प्लिज भन्दै जोडिए ओलीका हात, एमालेकै सांसदलाई मन्त्री बनाउन आग्रह! (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
olis-deubas.jpg

काठमाडौं । नेकपा एमालेको विवादको उत्कर्ष प्रतिनिधि सभा बैठकमा पनि देखिएको छ। पछिल्लो समय एमाले भित्र केपी ओली गुट र माधव नेपाल गुटको विवादले राष्ट्रिय राजनीति तरङ्गित नै छ। 

मङ्गलवार प्रतिनिधि सभा पुनर्स्थापना पछि पहिलो पटक संसद्मा बोल्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टी एमालेका माधव नेपाल गुटका सांसदहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्। 

आफ्नो सम्बोधनका क्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई  भने- 'एउटा कुरा चाहिँ अलिकति अनुरोध गर्नै परो जस्तो लाग्यो । सम्माननीय प्रधानमन्त्री ज्यू, मेरा पार्टीका केही मान्छेहरू पाउला र खाउँला भनेर यहाँका पछि कुदेका छन् । तिनीहरूलाई मन्त्री दिनुस् न किन विलम्ब गर्नु भएको ? हिरिक्क हिरिक्क भएका छन् बिचराहरू मन्त्री खानलाई ।'

पछिल्लो समय माधव नेपाल गुटप्रति एकदम आक्रामक देखिएका ओलीले पार्टीका कार्यक्रमहरूमा माधव नेपाललाई गद्दार, द्रोही जस्ता संज्ञा दिने गरेका छन्। यही प्रसङ्गलाई लिएर पार्टीका अर्का नेता सुवास नेम्वाङले प्रश्न गर्दा ओलीको खप्की खाएका थिए। 

यसैगरि सोमबार बसेको एमाले स्थायी समितिको बैठकमा बामदेव गौतमले पनि ओलीको अहङ्कार प्रति व्यङ्ग गरेका थिए। गौतमले विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने भन्दै ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’ र ‘पार्टी अनुसन्धानात्मक कारबाही’ शीर्षकअन्तर्गत पनि थप केही बुँदाहरू थप्नुपर्ने बताउँदै ओलीलाई व्यङ्ग्य गरेका थिए।

पार्टीका नेताहरूले उनको त्यो छुच्चोपनको आलोचना गरिरहेका भए पनि उनले आफ्नो बानी छाडेका छैनन्। त्यही क्रममा उनले प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवासँग हात जोड्दै भने ' प्लिज यति त गराइ सक्नुभयो, पछि त लगाइ सक्नुभयो, पछिपछि हिँडेका छन्, कुदेका छन् । मन्त्री खान पाउ भनेका छन्, बिहान बेलुका चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला बुझौला ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ