हेटौंडा । हेटौंडामा किस्ताबन्दीमा मोबाइल पाइने भएको छ । हेटौंडा उपमहानगरपालिका-४ स्थित स्कुलरोडमा रहेको सिलिकोन नेपाल प्रालीले ग्राहकलाई २० हजारदेखि २ लाखसम्मको मोबाइलमा किस्ताबन्दीको सुविधा लागू गरेको सिलिकोन नेपालका सन्चालक छ्तेन्द्र आचार्यले जनकारी दिए ।
आज विहीबार हेटौंडामा प्रेस मिट गर्दै उनले ४ वटा ब्रान्डका मोबाइलमा किस्ताबन्दी योजना सुरु गरिएको बताए । एप्पल, वान प्लस, एमआई र सामसुङ ब्रान्डमा मोबाइलमा यो योजना लागू हुनेछ ।
उनका अनुसार अब ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा मोबाइल पाउनेछन् । त्यसको लागि हिमालयन बैंकमा खाता खोल्नुपर्ने बताईएको छ । मोबाइल खरिद गर्न हिमालयन बैंकमा खाता खोली क्रेडिट कार्ड लिनुपर्नेछ ।
किस्ताबन्दीको समय १२ महिनाको लागि हुने सिलिकोन नेपालले जनाएको छ । पछिल्लो समय किस्ताबन्दीमा ग्राहकको चाहाना र माग निकै बढेकाले हेटौंडामा किस्ताबन्दीको योजना ल्याएको सिलिकोन नेपालका संचालक आचार्यले बताए । यसबारे थप जानकारी लिन सिधै ९८५५०२५०७८ मा फोन गर्न सकिने बताइएको छ ।
प्रेसमिट कार्यक्रममा मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरका महासचिब राजकुमार दाहाल, उद्योग बाणिज्य संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपाने, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको उपस्थित रहेको थियो ।