वालकुमारीमा तीन वटा ‘अन टेस्ट’ मोटरसाइकल ठोक्किंदा एक जना गम्भीर घाइते, दुई जना फरार
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
1.1k
Shares
काठमाडौं । ललितपुरको कुसन्तीबाट कोटेश्वरतर्फ जाँदै गरेको यामाहा कम्पनीका तीन वटा ‘अन टेस्ट’ मोटरसाइकल वालकुमारीमा एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन् । अन्य दुई जना फरार छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजिब शर्मा दासका अनुसार १२ः५० बजेको समयमा अन टेस्टमा रहेका नयाँ मोटरसाइकल वालकुमारीमा एक आपसमा ठोक्किएका हुन् । तीनवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइक ठोक्किदा घाइते भएका बर्ष २३ का विशेष श्रेष्ठलाई वि एण्ड सी अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । मोटरसाइकल चालक अन्य दुईजना फरार छन् । दुर्घट्नाका बारेमा यामाह सोरुम र घट्नास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।