- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संवैधानिक संकटबाट नेपाली कांग्रेसलाई जोगाउन माग गर्दै सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
पार्टीको १४औँ महाधिवेशनको कार्य तालिका र निर्वाचन निर्देशिका सम्बन्धमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको स्थल बुढानिलकण्ठमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले समयमै महाधिवेशन सम्पन्न गर्न, क्रियाशील सदस्यतामा देखिएको विवाद तत्काल हल गर्न, समायोजनका नाममा भएको धाँधली खारेजीलगायतको माग राखेका छन् ।
प्रदर्शनमा सहभागीले ‘समायोजनमा भएको धाँधली खारेज गर, क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, हामीलाई केही चाहिँदैन, महाधिवेशन सार्न पाइँदैन, फर्जी क्रियाशील खारेज गर आदि नारा लेखिएका प्लेकार्ड बोकेका छन्।
धर्नामा नेविसंघका नेताहरु मनोजमणी आचार्य, रन्जित कर्ण, डिल्लीराम सुवेदी, क्षितिज भण्डारी, दिपक भट्टराई, उर्मिला थपलिया, केदार कार्की, भोला नेपाललगायतका दर्जनौं नेता तथा कार्यकर्ताहरु सहभागी छन् ।
प्रदर्शनका क्रममा उनीहरुले पार्टी सभापति शेर बहादुर देउवालाई नेपालको संविधान र नेपाली कांग्रेसको बिधान बुझाइएको नेता भोला नेपालले जानकारी दिए ।