- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सनातन धर्म महासङ्घ नेपालले पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरेको घटनाको विरोध गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिनका लागि माग गरेको छ ।
महासङ्घका प्रवक्ता राजन अधिकारीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा रहेका अल्पसङ्ख्यक हिन्दु समुदायको अधिकार रक्षाका लागि समेत आग्रह गरेको छ ।
केही दिनअघि पाकिस्तानको रहिम यार खान जिल्लाको भोंग शहरमा रहेको गणेश मन्दिर तोडफोड भएको थियो ।
एक नौं वर्षीय हिन्दु बालकले मुस्लीम सेमीनारमा पिशाब गरेको आरोपको बदलामा उक्त हिन्दु मन्दिर तोडफोड भएको विभिन्न सञ्चारमाध्यममा जनाइएको छ ।
यसै घटनाप्रति निष्पक्ष छानबिनको माग गर्दै सनातन धर्म महासङ्घ नेपालले अल्पसङ्ख्यक समुदायको अधिकारको सम्मान गर्न आग्रह गरेको हो । यस्तै महासङ्घले यस्ता घटनालाई गम्भीरतापूर्वक लिन संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगलाई समेत आग्रह गरेको छ ।
यस्तो छ महासङ्घद्वारा जारी विज्ञप्ति