arrow

विकट हिमाली जिल्ला मुगुमा मास्क बैक 

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७८ भदौ १ मंगलबार
mask-abhiyan.JPG

मुगु । विकट हिमाली जिल्ला मुगुमा मङ्गलवारबाट मास्क बैक सञ्चालनमा ल्याइएको छ । लायन्स क्लब अफ मुगु राराको अगुवाइमा जिल्ला सदरमुकाम गमगढीमा कोरोना सङ्क्रमणलाई लक्षित गदै मास्क बैक सञ्चालनमा ल्याइएको हो ।

हुनेले दिउन् नहुनेले लिउन् भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैक सञ्चालनका लागी छायाँनाथ रारा नगरपालिका,जिल्ला स्वास्थ्य सेवा कार्यालय,छायाँनाथ सहकारी,मुगु उद्योग वाणिज्य सङ्घ,एनआईसि एसिया बैक,डिप्रोस लघुवित्त,महाकाली नमुना माद यामिक विद्यालय,सिद्धार्थ नेसनल बोडिङ्ग स्कुल,नेपाल पत्रकार महासङ्घ मुगु शाखा,हिरिसडेक मुगु,हाम्रो सानो प्रयास काठमाडौँले मास्क सहयोग गरेको लायन्स क्लब अफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोद कुमार मल्लले जानकारी गराए ।

गाउँघर,बजार तथा बाटोघाटोमा विना मास्कका मानिसहरूको चहलपहल बढेपछि कोरोना सङ्क्रमणले भयावह अवस्था लिने स्थिति देखिएकाले पैसाको अभावमा मास्क प्रयोग गर्न नसकेका जनतालाई निःशुल्क मास्क दिन र दुई पैसा भएकाहरूले मास्क दान गरोस् भन्ने उद्देश्यले बैक सञ्चालन गरेको लायन्स क्लबले बताएको छ ।

हामीले पहिलो चरणमा बजार क्षेत्रमा आउने सर्वसाधारणलाई लक्षित गदै बैक सञ्चालन गरेको र सहयोगीदाताहरूको सहयोगको आधारमा जिल्लाका अन्य बजार क्षेत्रमा पनि बैक स्थापना गरिने छ चार्टर प्रेसिडेन्ट मल्लले बताए ।

मास्क बैकको उद्घाटन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले सरकारको एक्लो प्रयासले मात्र करोना सङ्क्रमण नियन्त्रण गर्न नसकिने भएकाले निजी तथा सामाजिक क्षेत्रको पनि सहयोग र संलग्नता राज्यलाई चाहिएको बताए । 

 उनले भने मुगु जिल्लाका जनता गरिब छन् यति सम्म की सामान्य १० रुपियाँ पर्ने मास्क किन्न सक्ने अवस्था छैन यसैलार्ई मध्यनजर गदै सर्वसाधारण जनतालाई निःशुल्क मास्क वितरण गर्ने उद्देश्यका साथ लायन्स क्लबको अगुवाइमा विभिन्न सरकारी तथा सामाजिक सङ्घ सस्ताहरूको सहयोगमा मास्क बैक स्थापना हुनु प्रशंसनीय कार्य हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ