दल विभाजनका लागि अध्यादेश कांग्रेसको संस्कार होइनः डा.कोइराला
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
857
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध जनाएका छन् ।
दल विभाजन गर्न सजिलो हुने प्रावधानसहितको अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयलगत्तै सामाजिक सञ्जालमा डा.कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताएका हुन् ।
प्रधानमन्त्रीबाट गम्भीर चूक भएको भन्दै कोइरालाले अध्यादेशबाट सरकार चलाउने कांग्रेसको संस्कार नभएको पनि प्रष्ट गरेका छन्
कोइरालाले सामाजिक संजालमा लेखेका छन्, ‘सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न । सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो । यो चुक प्रधानमन्त्रीबाट भयो । यो कांग्रेसको संस्कार होइन ।’