arrow

कांग्रेस नेता धनराज गुरुङलाई मातृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
dhanraj-gurung-mother.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङलाई मातृशोक परेको छ । नेता गुरुङकी आमा प्यारी गुरुङको ९२ वर्षको उमेरमा निधन भएको हो । 

नेता गुरुङले सामाजिक संजाल फेसबुकमार्फत मंगलबार आमाको निधन भएको जानकारी दिएका हुन् । उनले भावपूर्वक लेखेका छन्, ‘आमा ! मलाई ठेस लाग्दा हजुरलाई दुख्ने थियो । मेरो दुःखमा हजुरको आँखा रसाउने गर्थे। पञ्चायती शासनका विरुद्ध लड्दा हजुरले मलाई ‘तिमी राजाको विरोधी भएका छौ रे ! मारी देला ! जोगिएर हिंड ! भन्नुहुन्थ्यो । ९२ वर्षको उमेरसम्म असीम माया र आशिर्वाद दिइरहनु भयो। तर आज स्तब्ध पारेर जानुभयो। आमा !!’



नयाँ