arrow

लेवान्डोस्कीको दुई गोलमा जर्मन सुपर कप जित्यो बायर्नले  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
german-super-cup-2021.JPG

काठमाडौं । जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्नले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । 

बायर्न ३–१ गोल अन्तरले विजयी भएको हो । बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा थोमस मुलरले १ गोल गरे । ४१ औं मिनेटमा सर्गेइ नाब्रीको पासमा लेवान्डोस्कीले गोल गरे । ४९ औं मिनेटमा मुलरले एकल प्रयासमा गोल गर्दै अग्रता दोब्बर पारे । 

६४ औं मिनेटमा जुड बेलिङह्यामको पासमा मार्को रेयुसले गोल गर्दै डर्टमुन्डलाई अन्तर कम गराए । ७४ औं मिनेटमा लेवान्डोस्कीले कोरेन्टिन टोलिस्सोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई जिताए । यो बायर्नका लागि मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानको पहिलो उपाधि हो । 

पोल्यान्डका स्टार लेवान्डोस्कीले बुन्डेसलिगामा गत सिजन ४१ गोल गरेर कीर्तिमान रचेका थिए । 



नयाँ