arrow

मौद्रिक नीतिले जनअपेक्षा सम्बोधन गरेको छ –सिविफिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
NRB.JPG

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिविफिन) ले नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीतिले जनअपेक्षालाई सम्बोधन गरेको भन्दै प्रसन्नता व्यक्त गरेको छ । 

कोभिड–१९ को सङ्क्रमण र बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट उत्पन्न समस्याको न्यूनीकरण, जनअपेक्षाको सम्बोधन र विषम् परिस्थितिबाट सङ्कुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशील बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका मौद्रिक नीति केन्द्रित भएको टिप्पणी गरेको छ । मौद्रिक नीति समग्रतामा सकारात्मक र सन्तुलितरुपमा आएको सिविफिनले ठहर गरेको छ । 

मुलुकको विषम परिस्थितिका आवश्यकतामाथि केन्द्रित भई अवलम्बन गरेका कार्यदिशा र नीतिले विगतमा जस्तै सुखद र सकारात्मक परिणाम दिनेमा सिविफिन विश्वस्त रहेको आज जारी विज्ञप्तिमा उल्लेख छ । मौद्रिक नीति निर्माणका क्रममा सरोकारवाला पक्षबाट प्राप्त भएका सुझावको सम्बोधनले पनि नीति निर्माणमा सहभागितामूलक दृष्टिकोण अपनाइएको विषयलाई प्रमाणित गरेको भन्दै सिविफिनले प्रभावकारी कार्यान्वयनको अपेक्षा गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ