- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितिले नगरपालिका भित्र हुने गरेका अनियमितता र भ्रष्टाचारको नियन्त्रणका लागि संगठनले जस्तोसुकै कदम चाल्ने प्रतिवद्धता जनाएको छ ।
नगर सभापति गणेश कोइरालाले एक विज्ञप्ति सार्वजनिक गर्दै नगरपालिकालाई आफ्नो तर्फबाट व्याप्त भ्रष्टाचार एवम् अनियमितताको सम्बन्धमा हिजोपनि यथोचित ध्यानाकर्षण गर्दै आएको र त्यस्ता कार्यको सही अनुगमन र अनुसन्धान साथसाथै दोषी ठहरिएका पधाधिकारी एवम् कर्मचारीमाथि कानुन बमोजिमको कडाभन्दा कडा कारवाहीको लागि जोडदार अपिल अनि माग गर्दै आइरहेको बताएका छन् ।
उनले केही समय यता नगरपालिका र मातहतका कार्यालयहरुमा भइरहेको भ्रष्टाचारका घट्नाबारेका समाचारले लज्जित बनाएको र नगरपालिकाले भ्रष्टाचारजन्य कार्यमा आफ्नो मौनता साँधेको भन्ने खबरहरुबारे प्रष्ट गर्न चाहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मौलाउँदो भ्रष्टाचारजन्य कार्य अनि यस्ता कर्तुतको समाचारहरु प्रेषित भइरहँदा त्यस्ता समाचार र कार्यहरुमाथि आफ्नो अनि संस्थाको आधिकारिक धारणा बनाइरहँदा त्यसता स्रोतहरु के कति आधिकारिक हुन् र कही कतै समाजमा व्याप्त मिडियावाजी, यदाकदा देखिने व्यक्तिगत रिस रिसवी अथवा बदला प्रेरित पो हो कि ! भन्नेसम्मका समानान्तर अध्ययन पनि कर्तव्यमा पर्न आउँछ ।’