- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरि विरामी परेका छन् । भारतको मुम्बइस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार भइरहेको छ ।
पारिवारिक स्रोतका अनुसार घाँटीमा समस्या देखिएपछि उनी केही समयदेखि अस्वस्थ्य थिए । उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरिरहेको छ ।
यता कांग्रेस नेता रामचन्द्र पौडेलले स्वास्थमा जटिलताको कारण भारतको मुम्बईमा उपचाररत गिरिको स्वास्थ लाभको कामना गरेका छन् ।