arrow

‘कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
Pradeep-1618216317.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल नरहेको पारिवारिक स्रोतले जनाएको छ ।

भारतको मुम्बइस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार भइरहेको छ । उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरिरहेको छ । पारिवारिक स्रोतका अनुसार घाँटी सामान्य समस्या देखिएपछि उनी केही समयदेखि अस्वस्थ्य थिए ।

गिरि निकट कांग्रेस नेता रत्न कार्की भन्छन्,‘मिडियामा आएजस्तो उहाँको अवस्था जटिल होइन । घाँटीमा सामान्य गाँठो(गिर्खा) जस्तो घाउ देखिएपछि उहाँ एक साता अघि बुम्बइ जानुभएको हो । डा. सुल्तानसँग नियमित उपचार गर्दै आउनु भएको हो ।’

घाँटीमा निस्किएको गिर्खाका बारेमा अनुसन्धान भइरहेको र रिर्पोट आइसकेको छैन् । कार्कीले भने,‘उहाँ सामान्य विरामी पहिल्यैदेखि हुनुहुन्थ्यो । यसपटक पनि नियमित उपचारकै सिलसिलामा मुम्बइ जानुभएको हो । त्यसक्रममा घाँटीको समस्याबारे पनि उपचार गराइरहनु भएको छ ।' नेता गिरिसँग उनकै भतिजा डा.संकल्प गिरि र सहयोगीका रुपमा कृष्ण खनाल पनि मुम्बइमा छन् । 



नयाँ