arrow

एनआरएनएको अन्तर्राष्ट्रिय परिषद्को युवा समिति उपाध्यक्षमा पोखराका गुरुङको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
himal-gurung.jpg

पोखरा । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा पोखराका हिमाल गुरुङले उम्मेदवारी दिएका छन् । 

दुई दशकदेखि नेदरल्याण्डबाट विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समितिमा वर्ष २०२१-२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएका हरेक समिति, गतिविधि र अभियानलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका गुरुङले विश्वभरका युवा एनआरएनए माझ लोकप्रिय छवि बनाएका छन् ।

पोखरा महानगरपालिका वडा नं. २७ रिठ्ठेपानी घर भएका उनले उम्मेदवारी घोषणापछि गैरआवासीय नेपालीहरूको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको उनले बताए ।

सन् २०११ देखि एनआरएनएको विभिन्न समितिमा रहेर काम गरेको अनुभव सँगालेका गुरुङले अबको एनआरएनएको नेतृत्वमा युवा पुस्ता भन्ने नारासहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

लामो समय सङ्घको अभियानमा आबद्ध रहेका गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुँदै २०१५-१७ मा अध्यक्ष बनेका थिए । २०१७-१९ मा एनआरएनए आइसिसी सदस्य हुँदै उनले वर्तमान कार्यकाल २०१९-२१ मा युवा समितिको संयोजक पद सम्हालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ