- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । धनुषामा आफ्नै बुवा र श्रीमतीको हत्या गरीसँगै गाडिएको अवस्थामा मङ्गलवार शव फेला परेको छ। मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ का चेता भन्ने ५५ वर्षीय रामवृक्ष मण्डल र उनको बुहारी २१ वर्षिया अमृता मण्डलको शव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।
प्रहरीका अनुसार भागेश्वर मण्डलले १२ बजे रातीमा हत्या गरेर घर देखि एक सय पचास मिटर उत्तरमा आँपको बगैँचामा बुवा र श्रीमतीको शव गाडिएको हो । मृतक महिला भागेश्वर मण्डलको श्रीमती हुन् । प्रहरीका अनुसार उत्खनन गरेपछि दुई वटै शवलाई पोस्टमार्टम गर्नको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
मृतक दुवै जना बेपत्ता रहेको गाउँलेहरूले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो । उनीहरूको हत्यामा संलग्न रहेको मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डलले प्रहरी सामु स्वीकार गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार भागेश्वरले कोदालो र डोरी प्रयोग गरी बुबा र श्रीमती लाई हत्या गरेको जानकारी दिए । हत्या किन गरिएको हो त्यसको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक रामवृक्ष मण्डलले स्थानीय शिव मन्दिरको साँचो राख्दै आएका थिए । मन्दिरको साँचो लिन रामवृक्षका भाइ चन्द्रहंस मण्डल गएपछि उनको घरमा रगतका छिटा देखेका थिए । दाजु नभेटिएपछि भतिज भागेश्वरलाई सोध्दा आफूले बुबा र श्रीमतीलाई हत्या गरी गाडेको बताएपछि घटना बाहिरिएको थियो ।
ससुरा र बुहारीबिच अनैतिक सम्बन्धकै कारणले दुवै जनाको ३० वर्षीय छोरा तथा मृतककी श्रीमान् भागेश्वर मण्डलले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले भागेश्वर मण्डललाई पक्राउ गरेको छ । स्थानीय बासिन्दाहरूका अनुसार भागेश्वर मण्डल एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन्, घर फर्केपछि लामो समयदेखि उनीहरूको घरमा विवाद हुँदा आएको थियो ।