arrow

युरोकप उचालेपछि रोनाल्डोको डुंगा सयर

logo
हाम्रा कुरा
प्रकाशित २०७३ असार ३० बिहिबार
ronaldo.jpg.jpeg
काठमाडौं। पोर्चुगलको राष्ट्रि फुटबल टिम यतिबेला चर्चामा छ। त्यसमा पनि कप्तान क्रिष्टियानो रोनाल्डोको चर्चा अझ बढी छ। उनी विश्वकै सर्वाधिक चर्चित खेलाडी भए पनि पोर्चुगललाई कुनै उपाधि दिलाउन सकेनन्।
 
पहिलो पटक उनले उपाधि दिलाए त्यो पनि युरोकप फुटबलको उपाधि। हुनत फाइनलमा फ्रान्स विरुद्धको खेलमा उनी २५ मिनेटमात्र मैदानमा खेले। त्यसपछि घाइते भइ मैदानबाट बाहिरिंदै रुँदै बाहिरिए। त्यसको सेन्टिमेन्ट खुवै पाए रोनाल्डोले। जब उपाधि जिते तब उनका खुट्टा भुइँमा छैनन्। यतिबेला उनी डुंगा यात्राले चर्चामा छन्।
 
बुधबार रोनाल्डो आफ्ना ५ वर्षे छोरा र ६१ वर्षे आमासंगै देखिएर चर्चामा आएका हुन् । उनी वरिष्ठ शरीरका साथै जोशमा देखिन्थे। रोनाल्डोले आफ्नो छोरा क्रिष्टियानो जुनियरलाई नुहाइदिएर आफू व्यवहारिक पिता भएको प्रमाणसमेत दिएका छन्। त्यसो त उनकी आमा ६१ वर्षे डेलोर्स पनि बिकिनीमा देखिएर आश्चर्यमा पारेकी छिन्। आखिर रोनाल्डोको परिवार हो केही न केही विशेष त हुनै पर्‍यो नि । कि कसो त !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ