arrow

धनकुटा कांग्रेसले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे माग पत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
dhankuta-congress-deuba.jpg

काठमाडौं । धनकुटालाई जिवन्तता दिनका लागि नेपाली कांग्रेस धनकुटाले प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउँदै ११ बुँदे माग पत्र बुझाएको छ । धनकुटा  जिल्लालाई १ नम्वर प्रदेशको राजधानी नबनाएर धनकुटाको विकासको गति रोएिको र धनकुटामा शुन्यता छाउँदै गएकाले धनकुटालाई पुनः गुञ्जायमान बनाउँदै जिवन्तता दिनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस धनकुटाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेटघाट गरी ११ बुँदे माग पत्र बुझाएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा, आमन्त्रित केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठ, जिल्ला सभापतिअग्निप्रसाद पौडेल र जिल्ला सविच विजयसन्तोषी राईले हस्ताक्षर गरेको ११ बुँदे माग पत्र देउवालाई बुझाइएको हो । प्रधानमन्त्री समक्ष धनकुटा जिल्ला अस्पताल कोशी पहाडी चार जिल्लाका बिरामीहरुको उपचार गर्ने केन्द्रका रुपमा रहेकाले विशेषज्ञ स्वास्थ्य सेवासहित यस अस्पतालको स्तरोन्नति गरी तत्काल १०० शथ्याको अस्पतालमा रुपान्तरण  गर्न  र धनकुटामा मेडिकल कलेज स्थापना गर्नका लागि प्रधानमन्त्री समक्ष  नेपाली कांग्रेस धनकुटाले माग गरेको हो ।

त्यसैगरी नेपाली कांग्रेस धनकुटाले प्रधानमन्त्री देउवालाइ धनकुटामा दिनप्रतिदिन तीव्र रुपमा कोरोना भाइरस महामारीको रुपमा फैलिँदै गई मृत्यु हुने मानिसहरुको संख्यासमेत वृद्धि हुँदै गएकाले  प्रधानमन्त्रीको गम्भीर ध्यानार्कषण गराउँदै धनकुटा जिल्लाका लागि तत्काल १ लाख ७३ हजार कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।
 
धनकुटा नगरपालिकाको व्यापारिक तथा पर्यटकीय केन्द्र हिले बजारमा नगरस्तरीय अस्पताल स्थापना गर्न  र  धनकुटा जिल्ला अस्पतालमा भेन्टिलेटरसहित १० बेडका आईसीयू कक्ष स्थापना भए पनि दक्ष जनशक्तिको अभावमा थन्किएर रहेकाले संचालनका लागि जनशक्तिसहित दुई जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिदिनसमेत प्रधानमन्त्री देउवालाई  माग गरेको सचिव राईले बताए । 
  
धनकुटा जिल्लाको सात पालिकाहरुको अस्पतालहरुमध्ये धनकुटा नगरपालिका र छथरजोरपाटीको अस्पतालमा मात्र डाक्टर कार्यरत रहेको र बाँकी पालिकाहरुका अस्पतालहरुमा डाक्टर अभाव रहहेकाले तत्काल डाक्टरको व्यवस्था गर्न र ती पालिकाका अस्पतालहरुलाई कम्तिमा १५ बेडको अस्पतालमा स्तरोन्नति गरी साधनस्रोत सम्पन्न बनाई गुणस्तरीय स्वास्थ्य सेवाका लागी व्यवस्था  गर्नका लागिसमेत प्रधानमन्त्री समक्ष माग गरिएको छ ।

यस्तो छ प्रधानमन्त्री देउवालाई बुझाइएको ११ बुँदे माग पत्र–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ