arrow

सन्दीप लामिछानेले होबार्टबाटै बिग बास खेल्ने, पहिलो रोजाइमा पर्न सफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
sandeep-bigbass.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि नेपाली लेग स्पिनर सन्दीपको सम्झौता नवीकरण गरेको हो । 

होबार्टले पहिलो अन्तर्राष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरेको जनाएको छ । अर्थात् यसपालि उनी पहिलो रोजाइमा परेका छन् । सन्दीपले गएको सिजन पनि होबार्टबाटै खेलेका थिए । 

सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए ।  

बिग बासको नयाँ सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तालिका रहेको छ ।

सन्दीप हाल आईसीसी विश्वकप क्रिकेट लिग––२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिमसँगै ओमानमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ