कांग्रेस १४औं महाधिवेशन: ३८ जिल्लामा तोकियो निर्वाचन प्रतिनिधि (विवरण)
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
1.1k
Shares
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रवार ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया यही १८ भदौबाट शुरु हुँदै छ । कांग्रेसको सबै भन्दा तल्लो तह वडा तहको अधिवेशन १८ गतेका लागि निर्धारित छ ।
निर्वाचन समितिका अनुसार समितिले तोकेका प्रतिनिधिहरुसँगै ति जिल्लाका क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ ।
‘जिम्मेवारी पाउनु भएका प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ, केही अझै बुझ्ने क्रममा नै हुनुहुन्छ,’ निर्वाचन समितिका सचिव श्रेष्ठले हाम्राकुरासँग भने ।
कांग्रेसमा केही जिल्लाका सभापतिहरू भने सदस्यताको सूची सार्वजनिक गरिनु पर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छन् । पार्टी नेतृत्वले भने जिल्ला सभापतिको माग नसुनी निर्वाचन प्रतिनिधि तोकेर सदस्यताको सूचीसहित प्रतिनिधि जिल्ला पठाएको हो ।