- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जुम्ला । जुम्ला बजार उर्थु चौतारा, पातारासि गाउँपालिका हुँदै मुगु रारा ताल जोड्ने सडक खण्ड अवरुद्ध भएको छ । वर्षा याममा सधै अवरुद्ध भइरहने यो सडक खण्डमा हाल मुगु रारा ताल जोड्ने निर्माण कार्य जारी रहेता पनि लगातार बर्सादका कारण पटक पटक सडक अवरुद्ध हुने भयकोले स्थानीयहरूले सास्ती व्यहोरेका छन् ।
सरोकारवालाको मौनता, स्थानीय सरकारको लापरबाही र ठेकेदारको सुस्तताका कारण पटमारा,न्याउरीघाट,बुलबुलै हुँदै मुगु जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा स्थानीय नागरिकहरूको दैनिक जीवन कष्टकर हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूले समेत सास्ती व्यहोर्नु परेको छ ।
चन्दननाथ नगरपालिका र पातारासि गाउँपालिकाको सिमाना रानामा पटक पटक एउटै ठाउँमा पहिरो आइरहने भएता पनि दुवै स्थानीय तहले सरोकारवाला र ठेकेदार शीत कुनै किसिमको ठोस कदम चाल्न नसकेको स्थानीय रूप बहादुर बुढाको गुनासो छ ।
जनताको दैनिक जीवनसँग जोडिएको खाद्य सामाग्रीहरू समेत भिजेर नष्ट हुने अवस्थामा पुगेता पनि सडक सुचारु हुने कुनै टुङ्गो छैन । जुम्ला हुँदै उर्थु पटमारा सडक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा स्थानीयले सास्ती त व्यहोर्नु पर्छ नै बाटोकै कारण आन्तरिक तथा बाह्य पर्यटकको रारा ताल प्रतिको मोह घट्न सक्ने स्थानीयको चिन्ता छ ।
अवरुद्ध रोडको अनुगमन गर्दै जिल्ला समन्वय समितिका उप प्रमुख र्कामा बुढाले तत्काल पहिरो पन्छाउन पहल गरिने बतायका छन् । पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले ठेकेदारको कमजोरी विकासमा ढिला सुस्ति सङ्घ र प्रदेश सरकारले नियमन र अनुगमनको अभावले विकासमा गुणस्तरीयता नभएकै कारण यस्तो समस्या आएको बताइन ।
एयरपोर्ट हुँदै उर्थु, लासी, छुम सम्म दैनिक दुई वटा ठुला बस र पाँच वटा जिप सार्वजनिक यातायातको रूपमा सञ्चालन हुँदै आएका छन् भने दुई पाङ्ग्रे सवारी साधन र केही मालवाहक साना ट्रकहरू समेत सञ्चालनमा रहेका छन् ।।