arrow

दार्चुला तुइन प्रकरणमा छानबिन समितिको निष्कर्ष : घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
tuhin-darchula-mahakali.jpg

काठमाडौं। गृह मन्त्रालयले बनाएको छानबिन समितिले ब्यास गाउँपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटनामा भारतीय सुरक्षाकर्मीको उपस्थिति भएको देखाएको छ । 

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले गृह मन्त्री बालकृष्ण खाँणलाई मङ्गलवार बुझाएको प्रतिवेदनमा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो ।

समितिले घटनामा भारतीय सुरक्षाकर्मी एसएसबीको संलग्नताका विषयमा पुन अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । 

‘समितिले तयार गरेको प्रतिवेदनले घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखाएको छ, उनीहरूको संलग्नता सम्बन्धमा पुनः अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन प्रतिवेदनमा सुझाइएको छ', गृह प्रवक्ता पोखरेलले भने । 

यसै गरी प्रतिवेदनमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट अनुसन्धानमा पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न पनि सिफारिस गरिएको छ । 

गत १५ साउनमा महाकाली नदी तर्ने क्रममा धामी महाकाली नदीमा बेपत्ता भएका थिए । 

स्थानीय प्रत्यक्षदर्शीहरूले भने सो प्रकरणमा भारतीय एसएसबीको संलग्नता रहेको बताउँदै आइरहेका छन् । उनीहरूले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण धामी नदीमा खसेको बताउँदै आएका छन् ।

घटनाको चौतर्फी विरोध भएपछि सरकारले १७ साउनमा गृह मन्त्रालयका सहसचिव गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ