दलित समुदायलाई अपमान र अन्याय हुने गरी निर्देशिका बनाइएको भन्दै मीन विश्वकर्माको राजिनामा
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
1.6k
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले पार्टीले महाधिवेशनका लागि बनाएको निर्वाचन निर्देशिका प्रति आपत्ति व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।
उनले राजीनामा पत्रमा ‘पार्टीले स्थापना कालदेखि नै जातीय, क्षेत्रीय र लिङ्गिय समावेशितालाई नवौँ महाधिवेशनबाट क्रमशः स्थानीय वडा तहदेखि केन्द्रसम्म प्रयोग गर्दै आइएको र ११ औं, १२औं र १३औं महाधिवेशनमा विधान बमोजिम नै प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिंर्दै आएको,’ भनेका छन् ।
तर अहिले विधानको गलत व्याख्या गर्दै बनाएको असमावेशी निर्देशिकामा दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ।
दलित समुदायलाई अपमान र अन्याय हुने गरी षड्यन्त्रपूर्वक ढङ्गबाट निर्देशिका बनाइएको भन्दै उनले राजीनामा दिएको बताएका छन्।