- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोसपाका महन्थ ठाकुर सहितका नेताहरूलाई बिचरा भनेका छन् । । बिहीबार जनकपुरधाम विमानस्थलमा अध्यक्ष यादवले सञ्चार कर्मीहरूसँग कुरा गर्दै जसपाबाट लोसपा बनाएका महन्थ ठाकुर सहितका नेताहरूलाई बिचरा भन्दै उनीहरूसँग जसपाको तुलना नगर्न आग्रह गरेका हुन् ।
प्रदेश नम्बर दुईमा २२ गते सम्म जसपाका स्थानीय र प्रदेशका जनप्रतिनिधीहरुले दल रोज्न पाउने र निर्वाचन कार्यालयमा सनाखत गर्न पाउने समय सीमा तोकिएका अध्यक्ष यादवले बताए । उनले भने,'संयुक्त गठबन्धनमा कुनै विवाद छैन तर भदौ २२ गते पछि मात्र मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने जसपाको प्रस्तावमा गठबन्धन आबद्ध सबै दल सहमत भएका छौँ।'
मन्त्रालयलाई लिएर माधव नेपालसँग विवाद भएको सन्दर्भमा पत्रकारहरूको प्रश्नमा पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मन्त्रालय भागबन्डामा कुनै विवाद नरहेको जानकारी गराए।
अध्यक्ष यादवको स्वागतका लागि विमानस्थलमा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, जनप्रतिनिधि सहित पार्टीको नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो ।