arrow

मुनु सिग्देल नेतृत्वको एमाले मकवानपुर जिल्ला कमिटी 'नेकपा एस'मा रूपान्तरण

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ भदौ १७ बिहिबार
munu-sidgel.JPG

हेटौँडा । मुनु सिग्देलको नेतृत्वमा रहेको 'नेकपा एमाले' मकवानपुर जिल्ला कमिटी 'नेकपा एकीकृत समाजवादी'मा रूपान्तरण भएको छ ।

बिहीबार हेटौडामा आयोजित जिल्ला कमिटी बैठकमा अध्यक्ष मुनु सिग्देलले आफ्नो नेतृत्वमा रहेको नेकपा एमालेको जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा रूपान्तरण भएको औपचारिक घोषणा गरिन् ।

उनले कम्युनिस्ट आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र देशको संविधान बचाउने काममा दृढ रहेको पार्टी कमिटी औपचारिक रूपमा नेकपा एकीकृत समाजवादीको कमिटी बनेको बताइन् । जिल्लाका विभिन्न जन वर्गीय सङ्गठनका कमिटीहरू स्वतः समाजवादीको बनेको उनले घोषणा गरिन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षमा श्रीधर पोखरेललाई चयन गरिएको छ । बिहीबार हेटौँडामा भएको भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटी निर्माण भएको नेकपा एसकी केन्द्रीय सदस्य सिग्देलले जानकारी दिइन् ।

लामो समय एमाले राजनीतिमा बिताएका पोखरेल मकवानपुरमा लोकप्रिय नेता हुन । त्यस्तै कमिटीको उपाध्यक्षमा हेटौडा उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी मिना लामा र सचिवमा विष्णु दाहाल चयन भएका छन् । बाकी पदाधिकारी तथा सदस्यहरू केही दिनमा नै टुङ्गो लगाइने सिग्देलले बताए ।

तत्कालिन नेकपा फुटेपछि एमालेमा २ धार बन्ने बित्तिकै माधव नेपाल निकट सिग्देल अध्यक्ष रहँदा रहँदै एमाले केपी शर्मा ओली पक्षका तत्कालीन एमाले जिल्ला कमिटी सचिव एकलाल श्रेष्ठको नेतृत्वमा नेकपा एमाले जिल्ला कमिटी छुट्टै गठन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ