arrow

संखुवासभामा एकै परिवारका ६ जनाको हत्याः प्रहरी घटनास्थलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
hatya-murder.jpg

काठमाडौं । संखुवासभामा धारिलो हतियार प्रयोग गरेर एकै परिवारका ६ जनाको हत्या भएको छ ।

संखुवासभा जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानमा एकै परिवारका ६ जना मृत फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय  विराटनगरले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी एवम् प्रवक्ता नविराज राईले घटनामा धारिलो हतियार प्रयोग भएको पाइएको जनाए ।

उनका अनुसार घटना स्थलमा स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली पुगिसकेको र जिल्लाबाटसमेत थप टोली जाँदै गरेको छ । अहिलेसम्म घटना कसले र के कारणले घटायो भन्ने खुलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ