arrow

संसद् बैठकमा एमालेको अवरोध कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
parliament-disrupt-uml.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले शुक्रवार पनि अवरोध गरेको छ । 

एमाले सांसदहरूको नाराबाजीपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । 

एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र सभामुखले सूचनामा टाँस नगरेको भन्दै संसद् अवरोध गर्दै आइरहेको हो । 

शुक्रबारको बैठकमा सभामुख सापकोटाले बैठकको कारबाही सुरु भएको जानकारी दिने बित्तिकै एमालेका सांसदहरू उठेर रोस्टम घेर्न पुगेका थिए । 

यसअघि गत बुधवार समेत एमालेको नाराबाजीपछि संसद् अवरुद्ध भएको थियो । त्यस बखत अवरोधकै बिच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्मा पेश गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ