- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पेश गरेका छन् । अर्थमन्त्री शर्माले एमाले सांसदहरूको अवरोधकै रोस्टममा पुगेर बजेट सम्बन्धी तीन वटा अध्यादेश पेश गरेका हुन् । त्यसअघि सांसद प्रेम सुवालले बजेट अध्यादेश फिर्ता गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
तर अर्थमन्त्री रोस्ट्रममा पुगेपछि सुवालले आफ्नो प्रस्ताव फिर्ता लिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बजेट अध्यादेश पेस गर्न अर्थमन्त्री शर्मालाई अनुमति दिएका थिए ।
सो क्रममा अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । उनले प्रस्ताव पेश गरेपछि सभामुखले सो प्रस्ताव बैठकमा निणर्यार्थ पेस गरेकोमा बजेट अध्यादेश बहुमतले स्वीकृत भएको हो ।
बैठकमा राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ पनि पेस भई स्वीकृत भएको छ ।