- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूको नाराबाजीका बिच संसद्मा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।
प्रतिनिधि सभाको तेस्रो बैठक सुरु भएपछि अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।
अहिले पनि एमाले सांसदहरूले नाराबाजी जारी राखेका छन् । अहिले संसद्मा मर्यादापालकहरुले बेल घेराउ गरेर एमाले सांसदहरूलाई रोकिरहेका छन् ।
उनीहरूलाई छलेर रोष्टममा पुगेका अर्थमन्त्रीले भने प्रतिस्थापन विधेयक पेश गरिरहेका छन् ।