arrow

प्रतिनिधि सभाको बैठक २७ गतेसम्मका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
parliament_of_nepal.png

काठमाडौं । प्रतिनिधि सभाको बैठक २७ भदौसम्मका लागि स्थगित भएको छ । 

एमाले सांसदहरूको अवरोधका सरकारले बजेटसम्बन्धी तीन अध्यादेश शुक्रवारको संसद् बैठकमा पेश गरेको थियो भने संसद्मा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पनि पेश गरिएको थियो । 

एमाले सांसदहरूको विरोधका बिच सरकारले ती अध्यादेश पेश गरिसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक २७ गतेसम्मका लागि स्थगित गरेका हुन् । 

एमालेको अवरोधका जारी रहँदा शुक्रवार तेस्रो पटमा संसद् चलेको थियो । एमाले सांसदहरूले रोष्टम घेरेर नाराबाजी गरेका थिए ।



नयाँ