arrow

सन्दीप र रोहितको उत्कृष्ट प्रदर्शनले नेपाल १ सय ५१ रनले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
Cricket-Nepal-oman.jpg

काठमाडौं । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र रोहित पौडेलको ब्याटिङमा गरेको प्रदर्शनले नेपालले पपुवा न्यु गिनी विरुद्ध दोस्रो एक दिवसीयमा सहज जित हात पारेको छ। ओमानमा नेपालले पहिलो पटक शुक्रबार (भदौ २५ गते) खेलेको डे–नाइट एक दिवसीयमा नेपाल १ सय ५१ रनले विजयी भएको हो। नेपाललाई जिताउने क्रममा सन्दीप लामिछानेले ६ विकेट लिएका थिए। त्यसैगरि रोहितले ८६ रनको पारी खेलेका थिए। 

सन्दिपले ६ विकेट लिने क्रममा ११ रन खर्चेका थिए। उनले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए। त्यसैगरी सोमपाल कामी, सुसान भारी र बिक्रम सोबले १-१ विकेट लिएका थिए। पपुवा न्यु गिनी १९.१ ओभरमा ८२ रनमा समेटिएको थियो। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । नेपालका लागि रोहित पौडेलले ८६ रन बनाउन १ सय २३ बल खेलेका थिए। उनले ३ छक्का र २ चौका प्रहार गरेका थिए। संयमित भएर खेलेका पौडेलको पारीका कारण नेपालले सम्मानजनक स्कोर बनाउन सकेको थियो। कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा ४५ रन बनाएका थिए। उनले  २ छक्का र ३ चौका प्रहार गरेका थिए। 

त्यसैगरि पछिल्लो क्रममा आएका करण केसीको विस्फोटक ब्याटिङ हेर्न लायकको थियो। उनले २६ बलमा  ४ छक्का र २ चौका प्रहार गर्दै ४२ रन बनाएका थिए। त्यसैगरि विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाएका थिए।

बलिङतर्फ पपुवा न्यु गिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नरमन भानुआले दुई-दुई तथा चाल्र्स अमिनीले एक विकेट लिएका थिए। यसअघि पहिलो एक दिवसीय खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको थियो ।

खेलका प्लेयर अफ म्याच सन्दीप लामिछाने घोषित भएका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ