arrow

सभामुखले एमाले सांसदहरुलाई सम्झाए: 'आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकार हनन् नहोस'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
agni-sapakota-speaker1.jpg

काठमाडौं । नेकपा एमालेका सांसदहरुले आइतबारको संसद बैठकमा पनि नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदभित्र आफ्नो अधिकारको कुरा गर्दा अरु सांसदहरुको अधिकार हनन् नगर्न सुझाव दिएका छन् ।

प्रतिनिधि सभामा नाराबजी गर्दै अवरोध जारी राखेपछि सभामुख सापकोटाले आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्न अनुरोध गरेका हुन् ।

उनले बैठक सञ्चालन गर्नका लागि सबै दलका नेता र सांसदहरुलाई वातावरण बनाउन आग्रह गरे । उनले भने, 'विश्वव्यापी मान्यतालाई ख्याल गर्दै आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ । अरु सांसदहरुले पनि बोल्ने अधिकारका लागि वातावरण बनाउनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ