- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १०औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग माग गरेका छन् ।
जर्मनीस्थित रासस प्रतिनिधि दीपक धितालसँग कुराकानी गर्दै उनले वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेकोसमेत जानकारी दिए ।
उनले भने, “निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र सार्वजनिक भएको छ । दाबी विरोधको समय छ । ”