- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा पनि नेकपा एमालेले अवरोध गरेको छ । नेकपा एमालेका सांसदहरुको अवरोधकैबीच बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक अघि बढाएका छन् ।
सो क्रममा रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । एमाले सांसदहरुले नाराबाजीकै बीच बजेट छलफल पनि अघि बढाएपछि सभामुखले ४ असोजसम्मका लागि बैठक स्थगित गरेका छन् ।
सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै २३ भदौबाट नै प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरोध गर्दै आइरहेको छ । एमालेले आफूले कारवाही गरेका १४ जना सांसदको विषयमा सुचना टाँस नहुँदासम्म संसदमा अवरोध कायम राख्ने बताउँदै आइरहेको छ ।