arrow

एकदिवसीय क्रिकेट वरियतामा नेपालको स्थान सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
nepali-cricket-win-2021.jpg

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एक दिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको हो ।

यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरियतामा सुधार आएको हो । 

ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीविरुद्धको दुई खेलको एक दिवसीय सिरिजसमेत जितेको थियो । एक दिवसीयमा वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थानमा रहेको छ । त्यसैगरी अस्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ