- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एक पटक भगवान बुद्ध कहीँ प्रवचन दिई रहेका थिए । आफ्नो उपदेश सक्दै उनले अन्तिममा भने , जाग, समय हातबाट निस्किएर जाँदै छ। सभा विसर्जित भएपछि उनले आफ्नो प्रिय शिष्य आनन्दसँग भने, हिँड केही समय घुमेर आऊ। आनन्द बुद्धसँग गए। उनीहरू विहारको मुख्य द्वारसम्म पुगेका थिए एक किनारामा रोकिएर उभिए ।
प्रवचन सुनेका मानिसहरू एक एक गर्दै बाहिर निस्कँदै थिए त्यसैले भिड जस्तो भयो । अचानक त्यस मध्ये एक स्त्री गौतम बुद्धलाई भेट्न आइन् । उनले भनिन् तथागत म नर्तकी हुँ। आज नगरका श्रेष्ठको घर मेरो नृत्यको कार्यक्रम तय भएको थियो तर मैले त्यस बारेमा बिर्सिएको थिए । तपाईँले भन्नभयो, समय निस्किएर जाँदै छ तब मलाई तुरुन्त यस कुराको याद आयो । धन्यवाद तथागत !
त्यसपछि एक डाँका बुद्ध भएको ठाउँमा आयो। उसले भन्यो , तथागत म तपाईसँग कुनै कुरा लुकाउँदिन । मैले बिर्सिएको थिए आज मलाई एक ठाउँ डाँका डाल्न जानु थियो आज उपदेश सुन्दै मलाई आफ्नो योजनाको याद आ यो । धेरै धेरै धन्यवाद!
उ गएपछि बिस्तारै बिस्तारै हिड्दै एक बूढा व्यक्ति बुद्धको मा आए । वृद्धले भने , तथागत! जिन्दगी भर दुनियावी चीजहरूको पछि दौडी रहे। अब मृत्युको सामना गर्ने दिन नजिक आइरहेको छ , तब मलाई लाग्छ कि सारा जिन्दगी त्यसै बेकार गयो । तपाईँको कुराले आज मेरो आँखा खुलेको छ । आजबाट म आफ्नो सबै दुनियावी मोह छोडेर निर्वाणको लागि कोसिस गर्न चाहन्छु ।
जबसम्म मानिसहरू गए तब बुद्धले भने , हेर आनन्द! प्रवचन मैले एक नै दिए , तर त्यसको प्रत्येकले अलग अलग अर्थ निकाले। जसको जत्रो झोला छ, त्यति नै दान यसले पाउँछ । निर्वाण प्राप्तिको लागि पनि मनको झोला त्यसको लायक हुनु पर्छ । त्यसको लागि मनलाई शुद्ध हुन अत्यन्तै जरुरी छ।