arrow

विश्वकप क्रिकेट लिग–२

नेपाल अमेरिकासँग भिड्दै, इतिहास रच्न आतुर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
nepal-usa-cricket-2021.jpg
तस्वीर–फाइल ।

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले तेस्रो खेलमा शुक्रबार अमेरिकासँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजे शुरु हुनेछ । 

नेपाललाई अमेरिकाविरुद्ध लगातार चार खेल हराएर इतिहास रच्ने सुनौलो अवसर हुनेछ । नेपालले लिग–२ को पहिलो खेलमा गत सोमबार अमेरिकालाई ५ विकेटले हराएको थियो । यही कारण पनि नेपालको मनोबल उच्च छ । 

नेपालले नेपालमै भएको लिग–२ का दुवै खेलमा अमेरिकालाई हराएको थियो । लगातार चार जित निकाल्न नेपाल आतुर छ । अर्कातिर अमेरिकालाई पनि बदला लिने अवसर छ । 

तर अमेरिका कमजोर बन्दै गएको छ । बिहीबार राति भएको खेलमा अमेरिका ओमानसँग ४ विकेटले पराजित भएको छ । 

नेपालले विश्वकप छनोटमा छानिनका लागि अहिलेदेखि नै निरन्तर जित ननिकाले छनोटको सम्भावना टाढिने छ । त्यसका लागि पनि नेपाललाई जित जरुरी छ । 

यसअघि नेपाल सिरिजको दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो । 

सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा छानिने छन् । 

अंक तालिका 
अंक तालिकामा ओमान १२ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १४ खेलबाट १२ अंकको अमेरिका दोस्रो स्थानमा छ । 

८ खेलबाट ९ अंकको स्कटल्याण्ड तेस्रो, ७ खेलबाट ८ अंकको नामिबिया चौथो, ७ खेलबाट ७ अंकको युएई पाँचौं, ६ खेलबाट ६ अंकको नेपाल छैटौं तथा ८ खेलबाट अंकविहीन पपुवा न्यूगिनी पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ