arrow

नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
nepali-congress-bp-birodh.jpg

काठमाडौँ । नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

कांग्रेस (बीपी)को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ । विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ । कांग्रेस (बीपी) को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको छ । 

विशेष महाधिवेशन सम्पन्नपछि चयन हुनुभएका पार्टी सभापति शेरचनले कांग्रेस (बीपी)ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरे । विसं २०७२ भदौ २४ मा पार्टी स्थापना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ