arrow

ओमानलाई हराउँदै नेपाली खेलाडीहरु मुख्य प्रशिक्षकको बिदाई गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
Cricket-Nepal-oman.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकेट अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार ओमानसँग खेल्दैछ । नेपालका लागि यो सिरिजको अन्तिम खेल हो । यसअघि नेपालले अमेरिकालाई ५ विकेटले हराउँदा ६ विकेटले पराजित भएको थियो । त्यस्तै ओमानसँग नेपाल ४ विकेटले पराजित भएको थियो । 

सिरिजको अन्तिम खेलमा फेरि नेपालले हराउन नसकेको टिम ओमानसँग उसकै भूमिमा खेल्दैछ । ओमानले नेपालमा सन् २०२० मा भएको प्रतियोगिताका दुवै खेलमा हार बेहोरेको थियो ।

लगातार तेस्रो खेल हारे पनि नेपाली खेलाडीहरु भने नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरलाई अन्तिम खेलमा जित हासिल गरेरै बिदाई गर्ने अठोट लिएका छन् । 

वाटमोरले यही खेलपछि नेपालबाट बिदा हुँदैछन् । उनले यो सिरिजपछि नै प्रशिक्षण छाड्ने घोषणा गर्दै नेपाल क्रिकेट संघ क्यानलाई पत्र पठाएका थिए । उनले कोरोनाका समयमा आफ्नो परिवारसँग समय बिताउने भन्दै राजीनामा दिएका थिए । 

नेपाली क्रिकेट टिम घाइते बाघजस्तै भएको छ । आइतबार अपरान्ह ओमानको अल अमिरात क्रिकेट मैदानमा ४ः१५ देखि शुरु हुने खेलमा आक्रामक भएर खेल्दै जित निकाल्ने अभियानमा हुनेछ । 

लिग–२ अंक समीकरण
नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

८ खेलबाट ९ अंकको स्कटल्याण्ड तेस्रो, ७ खेलबाट ८ अंकको नामिबिया चौथो, ७ खेलबाट ७ अंकको युएई पाँचौं र ८ खेलबाट अंकविहीन पपुवा न्यूगिनी पुछारमा छ । 

शीर्ष तीन राष्ट्रले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ