arrow

फुट्यो एमालेको कर्मचारी सङ्गठन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
oli-nepal-karmachari-up.jpg

काठमाडौँ । ३१ वर्ष पछि एमालेको कर्मचारी सङ्गठन नेपाल निजामती कर्मचारी सङ्गठन औपचारिक रूपमा विभाजित भएको छ । माधव नेपाल निकट कर्मचारीहरूले केपी ओली निकट कर्मचारीहरूलाई कारबाहीको घोषणा गरी खाली ठाउँमा आफू निकट कर्मचारीहरूलाई मनोनीत गरेका छन् । यसबाट विधिवत् रूपमा नेपाल निजामती कर्मचारी सङ्गठन दुई वटा भएका छन् ।

 केपी ओली निकट कर्मचारीहरूले केदार देवकोटालाई अध्यक्ष मानेका छन् । देवकोटा यसअघि पनि अध्यक्ष थिए । माधव नेपाल निकट कर्मचारीहरूले भने रेवन्त गौतमलाई अध्यक्ष पदमा घोषणा गरेका छन् । गौतम यसअघि महासचिव थिए । 

माधव नेपाल निकट कर्मचारीहरूले अध्यक्ष देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायत १० जना कर्मचारीहरूलाई सङ्गठनबाट कारबाही गरेको घोषणा गरेका छन् । 

दुबै पक्षले आधिकारिक ट्रेड युनियनमा फरक फरक नाम पठाएका छन्। ओली निकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा केदार देवकोटालाई पठाएका छन् भने माधव नेपाल निकट कर्मचारीहरूले मोहन घिमिरेलाई पठाएका छन् । 

केपी ओली निकट कर्मचारीहरूले आगामी माघ ७ र ८ गते सङ्गठनको महाधिवेशनको मिति तय गरेका छन् । ओली निकट कर्मचारीहरूले माधव नेपाल निकट कर्मचारीहरूले सङ्गठनको माइन्युटिङ र लेटर प्याड चोरी भएको आरोप लगाएका छन् ।
 
२०४७ सालमा नेपाल निजामती कर्मचारी सङ्गठनको स्थापना भएको थियो । २०७३ जेठमा भएको आधिकारिक ट्रेड युनियनको चुनावमा उक्त सङ्गठनले सबैभन्दा बढी भोट ल्याएको थियो । २०५४सालमा एमाले विभाजित हुँदा पनि कर्मचारी सङ्गठन विभाजित भएको थिएन । यस पटक भने कर्मचारी सङ्गठन औपचारिक रूपमै फुटेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ