arrow

प्रतिनिधि सभा: विनियोजन विधेयक पारित, अर्को बैठक ७ असोजमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
parliament_of_nepal.png

काठमाडौं। आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

बैठकमा विधेयक शीर्षकमाथिको छलफल सकिएपछि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका थिए । त्यसपछि सभामुख सापकोटाले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई प्रस्ताव निर्णयार्थ पेश गर्न समय दिएका थिए। 

सांसद सुवालको खर्च कटौतीको प्रस्ताव भने बहुमतले अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरेका थिए । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोध कायम राखेको छ । तर सभामुखले विरोधका बीच सदनको कारबाही अघि बढाएका छन् ।

एमालेले सोमबारको संसद् बैठकमा नारावाजी गर्दै बेल घेराउ गरेका थिए । नारावाजीकै बीचमा सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही अघि बढाएका थिए । त्यसपछि ७ असोजसम्मका लागि बैठक स्थगित गरिएको हो । 

२३ भदौबाट शुरु संसद्को अधिवेशनमा एमालेले लगातार अवरोध गर्दै आइरहेको छ । त्यसयता सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद् बैठक स्थगित गर्दै आइरहेका छन् । 

एमालेले आफ्ना दलकोतर्फबाट पार्टी फुटाउन अघि सरेका १४ सांसदलाई कारबाही गर्न गरिएको निर्णय सभामुखले संसद्मा टाँस नगरेको भन्दै एमालेले संसद् अवरोध गर्दै आइरहेको हो । 

सभामुख सापकोटालेसमेत संसद् सञ्चालनका विषयमा एमालेसँग कुनै पहल गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ