arrow

जाँदाजाँदै व्हाटमोरले दिए नेपाल क्रिकेट सङ्घलाई सुझाव

'नेपाली खेलाडीलाई एक्पोजरको खाँचो छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
DEV-whatmore-cricket.jpg

काठमाडौं। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले ओमानसँग पहिलो जितसँगै आफ्नो यात्रा समाप्त गरेको छ। यस अघि सिरिजका सबै भेटमा नतिजा गुमाएको नेपालले  घरेलु टोलीमाथि ७ विकेटको जित निकाल्दै राजीनामा दिइसकेका प्रशिक्षक डेव व्हाटमोरको सुखद बिदाइ गरेको छ।

जाँदाजाँदै प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाल क्रिकेट सङ्घलाई सुझाव दिएका छन्। नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको खण्डमा राम्रो गर्ने बताए । उनले खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउनका नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहल गर्नु पर्ने सुझाव दिएका छन् । 

ह्वाटमोरले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर नेपाल क्रिकेट सङ्घले खेलाडीलाई धेरै भन्दा धेरै खेलहरू आयोजना गरेर अनुभव दिनुपर्ने सुझाव नेपाल क्रिकेट सङ्घलाई दिएका छन् । भएको क्षमता भन्दा माथि उठ्नका लागि नेपालले बलियो टिमसँग खेल्न आवश्यक रहेको उनले औँल्याए ।

त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान भ्रमणमा नेपालले दुई खेलमा जित निकाल्दा दुई खेल गुमाउन पुग्यो । भ्रमणमा नयाँ अनुहारले स्थान बनाउँदा प्रदर्शन पनि सुधारिएको देखिएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल सहित सन्दीप लामिछाने, रोहित पौडेल, आफिस शेख, कुशल भुर्तेल जस्ता युवा खेलाडीले सम्झन लायक प्रदर्शन गरेका छन् । 

एकदिवसीय क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो । कप्तान ज्ञानेन्द्रले आफ्नो एक दिवसीय करियरको चौथो अर्ध शतक पूरा गरेका हुन् । उनी चार अर्ध शतक प्रहार गर्ने पहिलो नेपाली ब्याट्सम्यान भए । युवा खेलाडीको प्रदर्शनबाट पुस्ता हस्तान्तरण हुन लागेको हो भन्ने प्रश्नमा कप्तान ज्ञानेन्द्र मल्लले खुसी भएको प्रतिक्रिया दिए । पाएको सफलतालाई निरन्तरता दिनका लागि गृहकार्य जरुरी रहेको मल्लले बताए ।

ओमान भ्रमणको क्रममा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आठौँ खेलमा सुखद जित निकालेको नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ । ८ खेलबाट ८ अङ्क नै जोडेको नेपाल भन्दा माथि शीर्ष स्थानमा १३ खेलबाट २० अङ्क जोडेको ओमान रहेको छ । दोस्रो स्थानमा १५ खेल खेलेर १४ अङ्क जोडेको अमेरिकाका छ भने तेस्रो स्थानमा ८ खेलबाट ९ अङ्क बनाएको स्कटल्यान्ड अटाएको छ । नामिबिया, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी (पिएनजी) क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ