arrow

५० केजी गाईको मासुसहित १० जना पक्राउ

logo
रविद्र गौतम,
प्रकाशित २०७८ असोज ४ सोमबार
pakrau-jail.jpg

हेटौँडा । गाई काट्ने १० जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।आइतबार साँझ मकवानपुर बकैया गाउँपालिका ११ स्ववि भन्ने स्थानमा गाई काटेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हात्तिसुँडे मकवानपुरबाट गएको प्रहरी टोलीले गाई काटेर भाग लगाई रहेको अवस्थामा १० जनालाई पक्राउ गरेको जिल्ला प्रहर कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका ९ बस्ने वर्ष ५० को सञचमाया ब्लोन, वर्ष ४२ को फुलमाया थिङ , वर्ष १८ को सन्देश बिक, बकैया ११ बस्ने वर्ष ३९ को जनक बहादुर लो, बकैया ४ बस्ने वर्ष ४८ को प्रह्लाद भक्त न्यासुर, बकैया ९ बस्ने वर्ष ४० को सोम बहादुर तामाङ, बकैया ११ बस्ने वर्ष ४३ को राज कुमार घलान, बकैया ९ बस्ने वर्ष १९ को सोमार ब्लोन, वर्ष ४० को रवीन्द्र लो र वर्ष ३३ को पम्पराज लो रहेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई प्रहरीले ५० केजी गाईको मासुसहित पक्राउ गरेको हो ।पक्राउ परेका दसैँ जनालाई जिल्ला प्रहरी कार्यालय, हेटौँडामा राखिएको र उनीहरूलाई पशुपक्षी सम्बन्धी कसुरमा कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ