arrow

सत्ता गठबन्धन बैठक बस्दै : मन्त्रीपरिषद् विस्तारबारे छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं। मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धन आबद्ध पाँच दलको बैठक बस्दै छ ।प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गर्न अहिले साँझ ६ बजे गठबन्धन आबद्ध दलहरूको बैठक बस्ने भएको हो । 

मन्त्रीहरूको नाममा सहमति खोज्न अहिले माओवादी केन्द्रको समेत बैठक जारी छ । यस्तै काँग्रेस पदाधिकारी बैठकसमेत संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ । 

यसै गरी नेकपा एकीकृत समाजवादीले समेत आफ्नो दल भित्र मन्त्रीपरिषद्लाई पूर्णता दिने बारेमा अहिले छलफल गरिरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मात्रै डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका थिए । त्यसअघि हिजो नै काङ्ग्रेसबाट परराष्ट्रमन्त्री बनाउने गठबन्धन आबद्ध दलहरूबिच सहमति भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ