arrow

मोफसलमा फुटबल खेल प्रति युवाहरूको 'क्रेज'

logo
निश्चल भण्डारी,
प्रकाशित २०७८ असोज ६ बुधबार
gauradaha-football.JPG

झापा । नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा किर्तिमानी फुटबलरको अलावा मोफसलमा पनि फुटबल खेल प्रति खेलाडी हरूको क्रेज उत्तिकै रहेको पाइन्छ ।

कोरोना कहरको लामो सङ्क्रमण अवस्थाले विश्राम लिँदै गर्दा झापाको गौरिगन्ज गाउँपालिका वडा न २ कारोबारी स्थित आमगछी खेल मैदानमा मङ्गलवार देखि खुल्ला नकआउट खेल सञ्चालन भइरहेको छ । स्थानीय स्तरमा खेलाडीहरू सङ्गठित भई क्लब गठन गरेर उत्साहित युवा हरूले पुरस्कार राशि नै राखेर खुल्ला नकआउट फुटबल खेल आयोजना गरेका छन् । 

स्वास्थ्य जीवनको परिकल्पना आत्मसाथ गर्दै आत्मीयता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्य राखी खेलकुदको माध्यम बाट सुसंस्कृत समाज निर्माणका लागि युवाहरूको उक्त कार्यप्रति स्थानीय नागरिकहरू हर्षित बनेका छन् ।

प्रतिकुल मौसमका कारण मङ्गलवार रोकिएर बुधवार सञ्चालित पहिलो खेलमा भन्सारले ( १-०) गोलले पाथीभरा एफ सी गौरादहलाई हराउँदै विजेता बन्न सफल भएको छ । त्यसै गरी दोस्रो खेलमा कुञ्जीवारिलाई (३-१ )गोलले हराउँदै लिङ्देन ( बगान टोल ) बिजयी भएको आयोजकका तर्फ बाट धर्म किस्कुले जानकारि दिएका छन् । 

फुटबल प्रतियोगितामा १६ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । खेलको पुरस्कार राशि प्रथम टिमलाई रु १५,००० दोस्रो टिमलाई  रु १०,००० र तेस्रो टिमलाई रु २५०० नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।
 



नयाँ