arrow

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दलसम्वन्धी प्रतिस्थापन विधेयक पेश गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
sanghiya-samsad.png

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहीबार दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ ।

विहीबारको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन्। विशेषगरी बैठकमा राजनीतिक दलसम्वन्धी अध्यादेशको प्रतिस्थापन विधेयकसमेत पेश गर्ने तयारी गरिएको छ तर कार्यसूचीमा राखिएको छैन् ।

मन्त्रिमण्डललाई पूर्णता दिनका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरुले राजनीतिक दलसम्वन्धी अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्न दबाब बढाएपछि सरकारले उक्त विधेयक पेश गर्ने तयारी गरेको हो ।

तर प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि संसद अवरोध गर्ने जनाएको छ। प्रतिनिधि सभाको जारी अधिवेशन शुरु भएपछिका बैठकमा एमालेले लगातार अवरोध गर्दै आएको छ। अवरोधकैबीच सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन्।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ। उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरिसकेको छ।

यता, सत्तारुढ गठबन्धनको बुधबारको बैठकले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाएको तर जसपाले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता नभई सरकारमा सहभागी नहुने बताएपछि विधेयक पेश गर्नुपर्ने दबाबमा सरकार छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ