अवरोध र नाराबाजीकाबीच प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०७८ बहुमतले पारित
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
1k
Shares
काठमाडौं । एमालेका सांसदहरुको अवरोधकाबीच प्रतिनिधि सभामा आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको छ ।
विहीबार दिउँसो २ बजे शुरु भएको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुले अवरोध र नाराबाजीकाबीच विधेयक बहुमतले पारित भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरेका थिए । संसदमा उक्त विधेयकका पक्षमा बहुमत रहेको बताउँदै सभामुख सापकोटाले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि संसद्को बहुमत सदस्यले आर्थिक विधेयक पारित भएको घोषणा सभामुखले गरेका थिए ।
एमालेका सांसदहरुले गत भदौ २३ गते बुधबारबाट सुरु प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आइरहेको छ ।