arrow

एनआरएनए विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
NRNA-for.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद परराष्ट्र मन्त्रालयले हेर्न नपाउने दाबी गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बुधबार न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

अमेरिकामा बसोबास गर्ने रविनराज बज्राचार्यले दायर गरेको रिटमा एनआरएनएको विषयमा लेखा बाहेक अरु मामिलामा परराष्ट्रले हेर्न नमिल्ने भनेर परमादेशसहित अन्तरिम आदेश मागदाबी गरिएको थियो। संघको दशौँ महाधिवेशनमा प्रतिनिधि छनोट गर्दा व्यापक धांधली गरिएको भनेर परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो।

'सर्वोच्चले परमादेश जारी गर्न अस्वीकार गरेर परराष्ट्र मन्त्रालयले एनआरएनएमा भएका अनियमितताहरु छानबिन गर्न पाउंछ भन्ने कानूनतः पुष्टि भएको छ,' निवेदकहरु मध्ये एक एनआरएनए अमेरिकाका सल्लाहकार बेद खरेलले भने,‘अब संघको संरक्षक परिषद्ले परराष्ट्र मन्त्रालयले दिने प्रतिवेदनलाई इमान्दारीपूर्वक कार्यन्वयन गर्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।’

खरेल सहित आइसीसी सदस्य नवराज ९शनि ओली(कतार) र आइसीसी पूर्व सचिव जानकी गुरुङले मन्त्रालयमा धाँधलीको प्रमाणसहित उजुरी दर्ता गराए पछि गत १० सेप्टेम्बरमा मन्त्रालयले एक तीन सदस्यीय अनुगमन समिति गठन गरेको थियो।  उक्त समितिले संघका अध्यक्ष कुमार पन्त, संघका  प्रमुख कार्यकारी राजेश राणा तथा उजुरीकर्ताहरुसंग छुट्टा छुट्टै बयान लिएको थियो ।  समितिले छिट्टै प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ ।

संघको केन्द्रीय  सचिवालयले संघको  विधानलाई आफूखुसी ब्याख्या गर्ने, आफ्नो अनुकूल नरहेका एनसीसीहरुलाई विनाकारण दुख दिने, विभिन्न देशबाट छानिएर आउने प्रतिनिधिमा दोहोरो तेहोरो मापदंड अपनाउने काम गरिएको निवेदकहरुले दावी गरेका थिए।

सन् २००३ मा स्थापना भएको गैर आवासीय  नेपाली संघ नेपाल सरकार परराष्ट्र  मन्त्रालयमा दर्ता भएको संस्था हो । यसैबीच बिहीबार ‘खुला डबली’ मा बोल्दै संघका केन्द्रीय सल्लाहकार तथा २०२१-२३ का लागि अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले परराष्ट्र मन्त्रालय विरुद्ध अदालतमा मुद्दा हाल्ने काम लज्जास्पद भएको बताए।

उनले परराष्ट्र मन्त्रालयले छानबिन शुरु गरे पछि संघ शुद्धिकरणको बाटोतर्फ लागेको पनि जनाए।  'हामी गैर आवासीय नेपाली संघ भित्र रहेका विकृतिहरु सुधार गरेर अरु राम्रो संघ बनाउने अभियान मा छौं र यो अभियानमा सबै सच्चा  गैर आवासीय नेपालीहरुले सहयोग गर्नु हुने छ भनें मैले विश्वास लिएको छु,' उनले भने। -जीएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ