arrow

एनआरएनए कुल आचार्य टीमलाई अमेरिकाबाट पूर्ण सहयोग रहने आश्वासन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
kul_acharya_keshab_poudel.jpg

काठमाडौं । गैर आवासिय नेपाली संघ(एनआरएनए)का सलाहकार एवम आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी कुल आचार्यलाई अमेरिका क्षेत्रका एनआरएनहरुले पूर्ण समर्थनको आश्वासन दिएका छन् ।

एनसीसी अमेरिकाका पूर्वअध्यक्ष एबम महासचिबका उम्मेद्वार केशब पौडेललाई पनि एनआरएन अभियानलाई उचाइमा पुर्याउन सो क्षेत्रबाट पूर्ण समर्थन रहने विश्वास दिलाएका हुन् । आचार्य समूहद्वारा विश्वभरीका गैर आबासीय नेपालीहरुसँग दैनिक अन्तरक्रिया गर्न सुरु भएको ‘खुल्ला डबली’मा शनिबार भेला भएका त्यस क्षेत्रका एनआरएनहरुले संगठनको गरिमाको ख्याल गर्दै संसार भरिका नेपालीहरुको भावनाको प्रतिनिधित्व गरेर  बिधी र पद्धती अनुसार काम गर्न सुझाब दिए ।

एनआरएनए नागरिकतालाई मुख्य बिषय बनाएर गरिएको अन्तरक्रियामा दुई दशकसम्म पनि यो बिषयले कानुनी  मान्यता पाउन नसक्नु नेतृत्वको कमजोरी भएको धेरैको भनाइ थियो । बिदेशमा रहेका नेपालीलाई अति आवश्यक नागरिकताको बिषयको टुङ्गो चांही नलाग्ने तर नेताहरुका व्यवसायिक योजानाहरु छिट्टै कार्यान्वयन भएको देखिनुले कतै नेतृत्वको खोट छ कि भनि धेरैले शंका ब्यक्त गरे ।

बेलायती सेनामा काम गरेका नेपालीहरुको ठुलो संख्या रहेको मुलुकको अध्यक्ष, युरोप संयोजक, उपाध्यक्ष भैसकेका आचार्यले नागरिकताको बिषयलाई राम्रोसँग बुझेको र बिभिन्न समयमा दबाब र लबिङ गरेको पाएकोले एनआरएन र एनआरएनएको लागि आचार्यले नेतृत्व लिनुपर्ने उनीहरुको भनाइ थियो ।

आइतबार औपचारिक उम्मेदवारी घोषणा गर्न लागेका आचार्य एवम एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष तथा महासचिब पदका उम्मेदवार डा. केशब पौडेल , उपाध्यक्षका उम्मेद्वार एसी शेर्पा, आरके शर्मा लगायतलाई  त्यस क्षेत्रका सामाजिक अगुवा एबम एनआरएन अभियानन्ताहरुले साथ र समर्थन गर्ने बाचा गर्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण पत्रकार कृष्ण केसीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ