arrow

गोल्फुटारको वडा कार्यालयको शौचालयमा शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
dead2.jpg

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका-८स्थित  गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । 

निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । 

उनका अनुसार-‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । 

प्रहरीले घटनास्थलमा आएर शव जाँच  गरिरहको छ । शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आइतवार मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ