arrow

पाल्पाको रामपुर नगरमा पुनः भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
netra-bhattrai.JPG

पाल्पा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाको रामपुर नगर कार्यसमितिको सभापतिमा पुनः नेत्रप्रसाद भट्टराई निर्वाचित भएका छन् । शनिवार मतदान प्रक्रियाबाट भएको निर्वाचनमा कुल २१२ मतमध्ये खसेको २०८ मतमा भट्टराईले १२५ मत ल्याई पुनः नगर सभापतिमा विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी अर्जुन प्रसाद रेग्मीले ८२ मत प्राप्त गरे ।
            
 २ नगर उपसभापति पदमा देवबहादुर थापा मश्राङ्गी र ज्ञान प्रसाद भण्डारी निर्वाचित भएका छन् । मश्राङ्गीले १४५ मत, भण्डारीले १३० मत प्राप्त गरे । उपसभापति पदका प्रतिस्पर्धी सरस्वती डोटेलले ६९ र हरि प्रसाद न्यौपानेले ५२ मत प्राप्त गरेको मतदान अधिकृत मुकुन्दराज गौतमले जानकारी दिए ।

नगर सचिवको २ पदका लागि ४ जना चुनावी मैदानमा रहेकोमा निवर्तमान नगर सचिव चिरञ्जीवी सिग्देलले १४१ र ओमप्रकाश बस्यालले १२६ मत ल्याई निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी विष्णुप्रसाद बस्यालले ८४ र नरनारायण अर्यालले ४० मत प्राप्त गरे ।
        
सहसचिव २ पदको लागि ५ जनाको उम्मेदवारी परेको थियो । जसमा निर्वाचनबाट आवास भट्टराई र राजन सुनार निर्वाचित भए। भट्टराईले ९६, सुनारले ९१ मत प्राप्त गरे । प्रतिस्पर्धी पार्वती परियारले ८४, देवबहादुर दर्जीले ७५, रहिमुला मियाँले ३७ मत प्राप्त गरे । 
         
नगर कार्य समितिको अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको हो। खस आर्यबाट सदस्य पदमा काशीनाथ रेग्मी, कृष्णप्रसाद लम्साल, मोहन भट्टराई, विश्वनाथ कँडेल, आदिवासी जनजातिबाट अन्जु थापा, तीर्थबहादुर थापा, थानबहादुर गाहा, मञ्जु मानन्धर, यमबहादुर भुजेल, दलित सदस्य तर्फ अम्बिका देवी सुनार, गणेश सुनार, गौतमबहादुर सुनार, अल्पसङ्ख्यक बाट मोहम्मद अजिम शेख चयन भएका छन् ।

जिल्ला प्रतिनिधिमा बुद्धिप्रकाश रेग्मी, हिमाल मल्ल र सावित्री गौतम निर्विरोध निर्वाचित भएका छन् भने नगरबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधि( अपाङ्ग)मा सीता पङ्गेनी र युवराज रेग्मी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ